Skip to content
Shikhar Insurance
National Life

एम्बुलेन्समा गाँजा भेटियो

Hyundai
NCELL
NIMB

सुनसरी । एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा

इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्‍यो ।” एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अबैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्