Skip to content
Shikhar Insurance
National Life

एमाले महासचिवको प्रश्नः अर्थतन्त्र मन्दीमा छ तर व्यापारीले ४० अर्ब नाफा कसरी कमाए ?

Hyundai
NCELL
NIMB

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देश आर्थिक मन्दीमा रहेका बेला व्यापारीहरुले ४० अर्ब नाफा कसरी कमाए भनि प्रश्न गरेका छन् ।

एमाले निकट मजदुरहरुको संगठन जिफन्टको दशौं राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सोधे–“देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ तर, हाम्रा छिमेकी चीन र भारत दुवै देशमा आर्थिक मन्दी छैन, यदि देशमा मन्दी भएको हो भने जनता समस्या परेका हुन् भने व्यापारीले ४० अर्ब फाइदा कसरी कमाए ?”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरे । सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनु परेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE