Skip to content
Shikhar Insurance
National Life

एमाले कञ्चनपुरमा पहिरो, वेदकोटका मेयरसहित ३० जन प्रतिनिधी समाजवादीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) कञ्चनपुरमा पहिरो गएको छ । एमालेबाट निर्वाचित बेदकोट नगरपालिका मेयर अशोक चन्दसहित ३० भन्दा बढी जनप्रतिनिधी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
आइतबार बेदकोटमा आयोजीत भव्य कार्यक्रमका बीच मेयर चन्दलाई एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका हुन् ।
मेयर चन्दसँगै बेदकोट नगरपालिकाका पाँचवटा वडाका वडा अध्यक्षहरु पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् ।

१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्