Skip to content
Shikhar Insurance
National Life

एमसीसी पास गर्ने सहमति भएको छैन, नगरे गठबन्धन तोडिने कुरा पनि सत्य हैनः श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिने कुरा नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आजको बिन्दुसम्म देउवाले त्यसो नभनेको दबी गरेका छन् ।

“गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन,” श्रेष्ठले भनेका छन्, “कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।”

उनले नेकपा माओवादी केन्द्रले पार्टी गठबन्धनको एकता कायम राख्न चाहेको, राष्ट्रिय सार्वभौमिकता ,स्वाधिनता र राष्ट्रिय हितलाई सर्वोपरि राखेको र त्यसको निम्ति दृढ रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्