Skip to content
Shikhar Insurance
National Life

एमसीसी अघि बढाउने सरकारको तयारी, के होला सत्ता गठबन्धन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । काँग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थालेपछि सत्ता गठबन्धनमा रहेका अन्य दल सशंकित भएका छन् । देउवाले गठबन्धनमा सहमति नभए पनि एमसीसी संसद्मा पुर्‍याउने तयारी गरेका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसद्मा लैजाने तयारी गर्न जिम्मा दिएका छन् । सोहीअनुसार कार्की र भुसालले मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँग परामर्शसमेत गरेका छन् । भुसाल भने एमसीसीका विषयमा केही छलफल नभएको दाबी गर्छिन् ।

प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगका पछिल्ला भेटमा एमसीसी अगाडि बढाउनुपर्ने बताएका छन् । ‘तपाईंहरूले भोट हाले हाल्नुस्, नहाले पनि समस्या छैन तर एमसीसी संसद्मा लैजानुपर्ने भयो,’ देउवाले दाहाल र नेपालसँग राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने । दाहालले सर्वदलीय र गठबन्धन बैठकमार्फत निर्णय लिन देउवालाई सुझाव दिएको ती नेताले बताए । कान्तिपुर दैनिकबाट

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE