Skip to content
Shikhar Insurance
National Life

एमसीएले भन्योः अमेरिकालाई जग्गा बेच्न मिल्दैन्

Hyundai
NCELL
NIMB

काठमाडौँ । एमसीसी कार्यान्वयनका लागि गठन भएको एमसीए–नेपालले नुवाकोट रातोमाटोमा अधिग्रहण गरिएको जग्गा नेपालको कानुन अनुसार नै भएको स्पष्ट पारेको छ । एमसीए–नेपाल विकास समितिले प्रेस विज्ञप्ति जारी गर्दै नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माणाधिकन विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको स्पष्ट पारेको हो ।

सब स्टेशनका लागि रातोमाटेका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहणमा परेका थिए । ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम नेपालको विद्यमान कानुन र अन्तरराष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्ड अनुसार भुक्तानी गरिएको एमसीएले स्पष्ट पारेको हो ।

उक्त सब–स्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन नेपाल सरकारले गठन गरेको एमसिए–नेपाल विकास समितिले गर्दछ । नेपालको विकास समिति ऐन, २०१३ ले दिएको अधिकार अनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चल अचल सम्पत्ति एमसिए–नेपाल विकास समितिले खरिद गर्छ र ती सम्पत्ति एमसिए–नेपालको नाममा मात्र दर्ता हुन्छन् । यस अनुदान अन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौता अनुरूप राख्न नमिल्ने जानकारी पनि एमसीएले दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्