Skip to content
Shikhar Insurance
National Life

एमजि मोटर्सले ल्यायो ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षमा ‘नयाँ वर्ष २०८१ को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत एमजिको ईभि मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसि चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिन सक्ने कम्पनीले जनाएको छ ।

अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन्,“सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहक महानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं । नव वर्षको सुरुवात एमजिसँग गरौँ भन्दै देश तथा विदेशमा वसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”

अहिले नेपालमा एमजि ४ ईभि, जेडएस ईभि, कोमेट ईभि गरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन÷हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएको छ । कम्पनीको अनुसार एमजिका गाडीहरुमा अधिक्तम ७ लाखको नगद छुटसंगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ र यो योजनामा सर्तहरु पनि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यो अफर देशैभरिका एमजि २१ सोरुमहरुमा उपलब्ध हुँनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्