Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुललाई २ लाख सहयोग

Hyundai
NCELL
NIMB

काठमाडाैं। एभरेष्ट बैंकले वीरगन्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले स्कुलको भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्कुल सञ्चालन भइरहेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएको छ।

विद्यलाय परिसरमा आयोजित एक समारोहकाबीच बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले उक्त विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई चेक हस्तान्तरण गरेका थिए ।

यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको उक्त सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय वीरगञ्ज क्षेत्रकै साझा सम्पत्ति भएकाले सबैले यसलाई जगेर्ना गर्नुपर्ने कुरा उल्लेख गरे ।

बैंककाे देशैभरि छरिएर रहेको आफ्नो १ सय २६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६१ एटिएम र सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्