Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

Hyundai
NCELL
NIMB

काठमाडौं। एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप बाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवाअन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्ने छन् ।

विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत श्री दिवश सापकोटाले सो सेवाको उद्घाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पेका अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति थियो ।

उक्त समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए । साथै फाने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताए ।

हालका लागि उक्त सुविधा एाएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा “टयाप” गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफूसँग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १ सय २७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६२ एटिएमसहित यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्