Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा, अत्याधुनिक बैंकिङ सेवा उपलब्ध

Hyundai
NCELL
NIMB

भक्तपुर । एभरेष्ट बैंक लिमिटेडको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा खुलेको छ । शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रुपमा गरेका छन्

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख– प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगेको छ ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्