Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकको नाफा ५० प्रतिशतले बढेर ८६ करोड, वितरण योग्य नाफा नै ४ अर्ब ७१ करोड 

Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा ५०.८७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले असोज मसान्त अवधीमा आफ्नो नाफा ५०.८७ प्रतिशत अर्थात २९ करोड रुपैयाँले बढाएर ८६ करोड रुपैयाँ पुर्याएको हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एभरेष्टको वितरण योग्य नाफा नै ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रकाशित गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार एक खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा खुद ब्याज आम्दानी एक अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ ।

९ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमै ८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३६.५८ रुपैयाँ, प्रति सेयर नेटवर्थ २४७.३२ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्