Skip to content
Shikhar Insurance
National Life

एनसेलको सेयर बेच्ने निर्णय विरुद्ध अदालतमा मुद्धा, कारण देखाउ आदेश

Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलको सेयर बेच्ने आजियटा कम्पनीको निण्र्णय विरुद्ध अदालतमा मुद्धा परेको छ । एनसेलको मुख्य लगानीकर्ताले मलेसियाको आजियटा कम्पनीले सेयर बेच्ने निर्णय गरेपछि त्यसका विरुद्ध उच्च अदालत पाटनमा मुद्धा परेको हो ।

अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने फैसलाका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । अधिवक्ता गोकुल बहादुर रोकायाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै पाटन उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने छिनोफानो गर्न मंसिर २५ गतेका लागि अर्काे पेशी तोकिएको छ । सो दिन दुबै पक्षको बहस सुनेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने फैसला हुनेछ

आदेशमा भनिएको छ, ‘यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको देखिएको र निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सुचना समेतको सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा आदेश जारी गर्नु उपयक्त र मनासिव देखिँदा २०८०–८–२५ को छलफल पेशी तोकी सोको सुचना पक्षहरुलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नुहोला ।’

आजियटाले एनसेलको ३१ प्रतिशत सेयर नेपाली साँझेदारहरुलाई बेचेर लाइसेन्स जोगाउने तथा अरबौं राजश्व छल्ने योजना बनाएको आरोप लाग्दै आएको छ । एनसेलमा रहेको विदेशी लगानीकर्ता आजियटाको सेयर स्वामित्व ४९ प्रतिशतमा सिमित नभएमा आगामी २०८४ सालमा एनसेलको लाइसेन्स खारेज हुने अवस्था छ । एनसेलमा हाल आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ ।

२० प्रतिशत स्वामित्व भने सुनिभेरा क्यापिटल भेन्चर्सका नाममा भावना सिंह श्रेष्ठका श्रीमान सतिशलाल आचार्य र उनका भाई सचिनलाल आचार्यको नाममा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्