Skip to content
Shikhar Insurance
National Life

एनसीसी बैंकको १० लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्री

Hyundai
NCELL
NIMB

काठमाडौं । एनसीसी बैंकको १० लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खुल्ला भएको छ । बैंकका ७ जना संस्थापक सेयरधनीहले आफ्ना नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कोषराज वन्तले सर्वाधिक सेयर बिक्रीका लागि निवेदन दिएका छन्। उनले आफ्नो नाममा रहेको ४ लाख २६ हजार ९३२ कित्ता सेयर बेच्न लागेका हुन्।

त्यस्तै, दीपकरत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता र देवबहादुर खत्रीले २० हजार ३३४ कित्ता संस्थापक सेयर बेच्न लागेका हुन् ।

त्यसैगरी बैंकका अर्का सेयरधनी ठाकुरप्रसाद गौतमले पनि १९ हजार १४७ कित्ता र सुदीप पौडेलले ५ हजार ४७० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

उक्त संस्थापक सेयर खरिदका लागि पहिले एनसीसीकै अन्य संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

आवेदन ३५ दिनभित्र बैंकको बागबजारस्थित सेयर विभागमा लिखित निवेदन पेस गर्नु पर्नेछ। ३५ दिनभित्र विद्यमान संस्थापकहरुले सेयर खरिद गर्न इच्छा नदेखाए बैंकले अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्रीका लागि बाटो खुला गर्ने छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्