माघ २२, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले माघ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १० दशमलव २७ प्रतिशत बोनस शेयर वापतको ९६ लाख ५ हजार ९९७ दशमलव ३५ कित्ता शेयर सूचीकृत गराएको हो । आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

प्रतिक्रिया दिनुहोस्