Skip to content
Shikhar Insurance
National Life

एनपिएलको प्रवर्द्धनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि

Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर १५ गते(शनिबार)देखि पुस ६ गतेसम्म काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने एनपिएल क्रिकेटको प्रवर्द्धनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि जोडिएको छ । नेपालमा पहिलो पटक आयोजना भएको बहुप्रतिक्षित एनपिएलमा जोडिन पाउनु कम्पनीका लागि पनि गर्वको बिषय भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सीईओ बिरेन्द्र वैदवारले बताए ।

‘नेपालमा विश्वमा चिनाउने नयाँ अस्त्रका रुपमा क्रिकेट खेल स्थापित हुँदै गएको छ, एनपिएल जस्तो इभेन्टमा सहभागी भएर क्रिकेटको प्रवर्द्धनमा सघाउन पाउँदा कम्पनीले गर्व नै महशुस गरेको छ, नेपाली क्रिकेटको विकासमा सबैले सहयोग गर्नुपर्छ ।’, सीईओ वैदवारले भने ।

विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सहभागीताका लागि काठमाडौंमा भेला भएका छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपिएल सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालमा व्यावसायिक क्रिकेटको विकास गर्ने लक्ष्यका साथ टि२० फरम्याटमा खेलाइने एनपिएलको नतिजा आफ्नो पक्षमा ल्याउन विभिन्न टिमबीच रोमान्चकारी प्रतिस्पर्धा हुनेछ ।

अमेरिकामा विश्वकप क्रिकेटको बेला समेत नेपाली दर्शकहरु धेरै संख्यामा उपस्थित थिए । कीर्तिपुरमा बिगतमा क्रिकेट हुँदा रुखमा झुण्डिएर समेत खेल हेर्ने गरेका क्रिकेटप्रेमी दर्शकहरुका लागि यसपाली खेल हेर्न यसपाली बस्ने सुविधासहितको प्याराफिट निर्माण गरिएको छ । तर त्यहाँ फ्लड लाइट जडान गर्ने कार्य भने सकिएको छैन । यदि फ्लड लाइट जडान भएको भए राति पनि खेल संचालनका लागि सहज हुने थियो । एनपिएलको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको छ । एनपिएलको पहिलो संस्करणमा ८ टिम सहभागी छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्