Skip to content
Shikhar Insurance
National Life

एनएमबी बैंक र नेपाल रेमिटबीच रेमिट्यान्स् सम्झौता, नेपालमा अब रेमिट्यान्स रकम पाउन सहज

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी बैंक र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन् ।

नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्छ ।

यस सम्झौता सँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने नेपाल रेमिट इन्टरनेसनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।

सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबी बैंक नेपालकै अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो ।

दुई सयभन्दा बढी शाखा कार्यलय र थुप्रै एक्सटेन्सन्न काउन्टरमार्फत बैँकिङ सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ आदि सेवाहरुसमेत प्रदान गर्दै आएको एनएमबी बैंकले नेपालभर आफ्नो सेवा विस्तार गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्