Skip to content
Shikhar Insurance
National Life

एनएमबि लघुवित्तले गर्याे १०.५२ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार रुपैयाँको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशतका दरले हुने ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.५२६३ प्रतिशतका दरले हुने ३४ लाख ५१ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्