Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकले ल्यायो डलर कार्ड, ५ सय डलरको खरिद अब अनलाइनबाटै

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले पनि डलर कार्ड जारी गरेको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ प्रावधानको कार्यान्वयन गर्दै डलर कार्ड ल्याएको बैंकले जनाएको छ । कार्डबाट एकै पटक वा पटक पटक गरी वार्षिक पाँचसय डलर वा सो बराबर अन्य परिवर्त्यय विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु ग्राहकले लिन सक्ने छन् । यसबाट भारतमा बाहेक अनलाइन प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंकले देशभरीका एकसय ८० शाखाहरुमा यो योजना सञ्चालनमा रहेको बताएको छ। बैंकले शाखाहरु साथै देशभरीका एकसय ३६ एटिएमहरु तथा ९ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्