Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकद्वारा ८.२५ प्रतिशत लाभांश घोषणा, बोनश सेयर नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले सेयरधनीमा वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १९ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हाल
१८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा चुक्ता पुँजी कायम छ । जसको ८।२५ प्रतिशतका दरले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्