Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायीक विद्यालयको भवन पुनःनिर्माण

Hyundai
NCELL
NIMB

सुर्खेत । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय पुनसंरचना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिती शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्