Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकको बबरमहल शाखामा डिजी स्टेसन सञ्चालनमा, डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्य

Hyundai
NCELL
NIMB

काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ को सुरुवात गरेको छ । ‘डिजी स्टेसन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ ।

डिजी स्टेसनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । बैंकले प्रथम चरणको डिजी स्टेसनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रूपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैं खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटिमएम मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ आवश्यकताहरू स्वचालित ढंगले छिटो छरितो माध्यमबाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।

एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ४५ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्