Skip to content
Shikhar Insurance
National Life

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको वितरण योग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। कम्पनीकाे मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसमा कम्पनीले हाल कायम चुक्ता पुँजीकाे ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३४ रुपैयाँ ४२ पैसा बराबर नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश अनुमोदन गर्न कम्पनीले पुस २० गते वार्षिक साधारण सभा डाकेको छ। सभा प्रयोजनार्थका लागि कम्पनीले पुस ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीकाे प्रस्तवित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्