Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकमा रेमिटेन्स पठाउँदा आफन्तलाई दशैंमा ३ सय रुपैयाँ दक्षिणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकको खातामा रेमिटेन्स बुझ्नेले दशैंमा ३ सय रुपैयाँ दक्षिणा पाउने भएका छन् । बैंकले दशैं , तिहार तथा छठ पर्वका अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना मार्फत विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको एनआईसी एसिया बैंकको खातामा रेमिटेन्स पठाउँदा खातावालले ३ सय रुपैयाँ दक्षिणा दिन लागेको हो ।

योजना अनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरुले असोज १ देखि कात्तिक ३० सम्म त्यसरी पैसा पठाउने र ग्रहण गर्ने काम गर्नुपर्नेछ । ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल  १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्