Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकले ५ हजार रूपैयाँको छुट सुविधा पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार दराज, ग्यापु, सस्तोडिल, भोजमान्डु, फुड बाइट, यूजी बजार, खानपिनजस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमान्डु, यथि एयरलाइन्स, सोनी लिभ, अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एशिया मोबैंकमार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ ।

यसका लागि ग्राहकले बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले एसएमएस वा इमेल मार्फतमाथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको प्रोमो कोड र डिस्काउन्ट लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिन्छ । यो योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको जनाएको छ ।

योजनाबाट लाभ लिन बैंकका ग्राहकले वेबसाइट, मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्