Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड(निफ्रा)ले संस्थापक समुहको सेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र साउन ८ गतेदेखि साउन १५ गतेभित्र पेश गर्नुपर्नेछ ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १५ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो सहित खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशन गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्