Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको ‘सीईओ’मा दोहोरिए न्यौपाने, कान्छाको कमालले अब्बल बन्दै बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २०७९ कात्तिक १६ मा बसेका ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपाने लाई बैंक सञ्चालक समितिको बैठकले २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेसँगै उनि थप ४ वर्षका लागि एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहने भएका छन् ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेका न्यौपाने २०७५ मंसिर १६ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका न्यौपाने ‘कान्छो सीईओ’ को रुपमा समेत चिनिन्छन् । उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा चिनिन सफल भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्