Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ओम्नी च्यालनमा स्तरोन्नति, थपिए नयाँ सुबिधा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसीएशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई ओम्नि च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले ओम्निच्यानल एप मार्फत मोबाइल बैंकिङ सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकका सबै ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङलाई ओम्निच्यानलमा अपग्रेड गर्न सक्नेछन् । अपग्रेड गरिएको एप प्ले स्टोर र एप स्टोर दुबैमा उपलब्ध छन् । एपबाट ग्राहकअरुले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर लगायतका सुबिधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभरका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । बैंकले गत आवमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व बुझाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्