Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवालले ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन् ।

संविधान दिवसको अवसरमा २०७९ असोज ३ का दिन घोषित उक्त विभूषण अग्रवालले २०८० बैशाख १ गते राष्ट्रपति मचन्द्र पौडेलको हातबाट प्राप्त गरेका हुन् ।
सम्मानित बिभुषण प्राप्त गरेकोमा बैैंकले आफ्ना संस्थापक अध्यक्षलाई बधाई दिएको छ ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिँदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आएको बैैंकको दावी छ ।

अग्रवालले बैंकको पूर्व अध्यक्ष हुनुका साथै हाल विशाल ग्रुपका अध्यक्ष पनि छन् । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्राली, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा लगानी गरिरहेका छन् । साथै, उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउदै आएको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्