Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डे अफरः तारे होटलमा प्रेमीसँग डिनर

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन्स डे अफर ल्याएको छ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन्स डेमा बैंकले आफ्ना ग्राहकहरुका लागि सेलेब्रेट लभ विथ एनआईसी एशिया बैंक योजना ल्याएको हो ।

यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरुले २० प्रतिशतसम्म क्यास ब्याक र तारे होटलमा साथीसँग डिनर गर्न पाउनेछन् ।
२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा क्युआर तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्नेहरुले १४ प्रतिशत वा अधिकतम २०० सम्म क्यासब्याक पाउनेछन् ।

साथै, बैंकले यसरी कारोबार गर्नेहरु मध्ये २० जनालाई भ्यालेन्टाइन्स डेका दिन तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर जुराईदिनेछ । काठमाडौं बाहिरबाट योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरुका लागि उनीहरुको पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्