Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाईनबाट सपिङ गरे २५ सयसम्म छुट पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले दराज अनलाईबाट सपिङ गर्दा २५ सय रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान दराजसँग सम्झौता गरेको हो ।

सो सम्झौता अनुसारको छुट योजना २०७९ भाद्र २९ देखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुनेछ । योजना अन्तरगत रहेर बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । साथै, क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

ग्राहकले आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको  मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

एनआइसी एशिया बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकले देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई सेवा दिन सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्