Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया क्यापिटलको साधारण सभा भदौ ११ गते, ५२.५३ प्रतिशत लाभांश दिन स्वीकृति प्रदान गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीका साउन १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार भदौ ११ गते कम्पनीको रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र २०८० साउन १ देखि २०८१ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमा छलफल गरि पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले हुन आउने कर सहित १० करोड ५० लाख ६० हजार नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्