Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशियाको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशियाको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने भएका छन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहक महानुभावहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको बैंकले जनाएको छ ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमार्फत आईसर्भ भित्र रहेको कार्ड सर्भिस मा ट्याप गरी ‘डेबिट कार्ड रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहकले आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहक महानुभावले प्राप्त गर्नुभएको ओटीएफ राखेर भेरिफिकेसन गर्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्