काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ । नेपालको एक मात्र सदर चिडियाखाना, जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यबस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको बैंकले जनाएको छ । अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैकिङ्गबाट QR Code Scan को माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्