Shikhar Insurance
National Life

एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार २०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङलाई पक्राउ गरेका छन् ।

काठमाडौँ महानगरपालिका– २७ ज्याठास्थितमा मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मङ्गलबार साँझ पक्राउ परेका उनलाई सार्वजनिक गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ठमेलको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरीे जनाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्