Skip to content
Shikhar Insurance
National Life

एचआईडीसीएलको ११ अर्बको हकप्रद सेयर आजबाट

Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)को हकप्रद सेयरमा आवेदन खुलेको छ ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो। जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रद सेयरमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ११ अर्ब पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्