Skip to content
Shikhar Insurance
National Life

एचआईडिसिएलले लगानीकर्ताहरुलाई ५.२६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात् एचआईडिसिएलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैयाँ बराबर बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७ रुपैयाँ बराबर नगद लाभांश वितरण  गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ।

 

 

 

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्