Skip to content
Shikhar Insurance
National Life

एचआईडिसिएलले गर्याे ५.२६ प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात् एचआईडिसीएलले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सोहिअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्