काठमाडौं । आगामी आर्थिक वर्षमा एक लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य सरकारले घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार रु ७५ हजार अनुदान दिइने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु तीन अर्ब ७५ करोड बजेट विनियोजन भएको छ । यो कार्यक्रममा हाल विनियोजित बजेटमा आगामी आर्थिक वर्षका लागि ५० प्रतिशत वृद्धि गरिएको हो ।
एक लाख ६८ हजार घरको खरका छना विस्थापित गरिने

प्रतिक्रिया दिनुहोस्