Skip to content
Shikhar Insurance
National Life

एकै स्थानिय तहका करिब ४ सय जनामा मोतिबिन्दुको समस्या

Hyundai
NCELL
NIMB

सुर्खेत । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ । माघ १७ गतेदेखि फागुन १ गतेसम्म गरिएको आँखा शिविरमा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्ये ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको छ । २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको छ । वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुख मान बहादुर कुँवर बताउँछन् ।

कुवरले भने,‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्या यस्तो छ, यहाँबाट एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि उहाँहरु उपचार गराउँन जानु भएन । उहाँहरुलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन, अहिले हाम्रो प्रमुख चुनौति नै यहीँ, यहाँका मानिसहरुलाई आँखा उपचारको आवश्यकता महशुस नै छैन ।’ सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकाको ४०० जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए । राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा.शुरेश रसाईलीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्