Skip to content
Shikhar Insurance
National Life

एकै वर्ष ११ अर्ब ६१ करोड कर तिर्दा पनि सुर्य नेपाल प्रालीले किन पाएन सम्मान ?

Hyundai
NCELL
NIMB

काठमाडौं । वर्षेनी धेरै कर तिरेर सम्मानित हुने सुर्य नेपाल प्राली यो पटक असफल भएको छ । नेपाली चुरोट बजारमा एकलौटी व्यापार गरिरहेको सुर्य नेपाल सबैभन्दा धेरै कर दाखिला गरेर पनि सम्मानित हुन नसकेको हो ।

अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले मंसिर १ गते (शनिबार) १६ विधामा कर धेरै कर दाखिला गर्ने कम्पनीहरुलाई सम्मानित गरिरहेको छ । विभागका अनुसार धेरै कर तिरेर सम्मानित हुनका लागि धेरै रकम तिरेर मात्रै पुग्दैन ।

सबै कर कानूनको अनुपालन पनि गर्नुपर्छ । आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरतर्फ गरी कुल ११ अर्ब ६१ करोड कर दाखिला गरेको तथ्यांक छ । यो निकायतर्फ सबैभन्दा धेरै कर दाखिला गर्ने पहिलो कम्पनी हो ।

तर कम्पनीले कर कानून अनुपालन नगरेको भन्दै सम्मान दिन अस्वीकार गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा कम्पनीलाई ठूला करदाता कार्यालयले कर एसिस्टमेन्ट गरेको छ । सो असिस्टमेन्टमा चित्त नबुझेपछि कम्पनी सिधै सर्वोच्च अदालत पुगेको छ ।

विभागका अनुसार कम्पनीले चित्त नबुझे विभागका महानिर्देशक समक्ष निवेदन दिनुपर्छ । महानिर्देशकको निर्णय चित्त नबुझे राजस्व न्यायधिकण जानुपर्छ । यदि राजस्व न्यायधिकरणको पनि चित्त नबुझेको खण्डमा बल्ल अन्य अदालत जाने बाटो खुला हुन्छ ।

विभागले कानुन अनुसार रिभ्युमा नगएको भन्दै सम्मान दिन अस्वीकार गरेको हो । विभागका एक कर्मचारीले भने, “निकायतर्फको सबैभन्दा धेरै कर तिर्ने सुर्य नेपाल नै हो तर कर कानून पालना गर्ने क्रममा क्रम भंगता गरेको पाइएकाले सम्मान नगरिएको हो ।” निकायतर्फ दोस्रो धेरै कर दाखिला गर्ने दुर संचार कम्पनी लिमिटेड सम्मानित भएको छ । दुर संचार कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब ३२ करोड कर दाखिला गरेको छ ।

सुर्य नेपालका एक प्रतिनीधिले सिंहदरबारसँग भने, “कर कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझे रिभ्युमा जान पाउनु हाम्रो अधिकार हो, तर उहाँहरुले कसरी काम गरिरहनु भएको छ हामीले बुझ्न सकेका छैनौं, पोहोरका वर्षहरुमा पनि रिभ्युमा गएकै थियौं तर सम्मान गरेको थियो, यो वर्ष के भयो बोझ्न सकिएन ।”

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ७२ करोड र २०७७/०७८ मा ९ अर्ब ३४ करोड कर दाखिला गरेको थियो । विभिन्न प्रकारका चुरोट अगरबत्ती सलाई बिक्री गर्ने कम्पनीमा ५९ प्रतिशत लगानी आइटीसी लिमिटेड इन्डियाको रहेको छ । यस्तै, ३९ प्रतिशत लगानी नेपालीको छ भने २ प्रतिशत बेलायती कम्पनीको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्