Skip to content
Shikhar Insurance
National Life

एकल पुरुषलले पनि भत्ता पाउने

Hyundai
NCELL
NIMB

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ,” नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”

योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ । नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्