Skip to content
Shikhar Insurance
National Life

एकले अर्कोलाई स्वीकारेर रचनात्मक बनौँ: अध्यक्ष बस्नेत

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताएका छन् । बिहिबार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।

उनले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताउँदै एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिए ।

समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर—घरबाट शान्ती खोज्नुपर्ने बताउँदै भने, ‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ । एकले अर्कालाई नस्वीकार्ने, एकले अर्कालाई गाली मात्र दिने जुन संस्कृति छ त्यसलाई छोडेर हामी रचनात्मक बन्नुपर्छ । नेपाली संस्कृति अहिले हराउँदै गएको छ । संस्कार संकटमा नपरेको भए उहाँले यो गीत नगाउन पनि सक्नुहुन्थ्यो होला ।’

उनले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्