Shikhar Insurance
National Life

एकमुस्ट बजेट नआउँदा १३ वर्षसम्म पनि पूरा भएन खानेपानी आयोजना

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १३:३७
Hyundai
NCELL
NIMB

म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।

जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताए । ‘ँ३ करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाखका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो’ उनले भने ‘हालसम्म प्राप्त भएको ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।’

सङ्घीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए । ‘ँस्वच्छ खानेपानीको आशमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्’ उनले भने ‘निर्माण गरेका इन्टेक, रिजर्भ ट्याङ्की र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङ्गलको मुहानको पानी सङ्कलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो । स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् ।

खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताए । आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीयस्थल पनि हो । चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि २ करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख विनियोजन गरेको छ ।

सङ्घीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँसखर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा एक/एक करोड विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुुने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक–फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँड गरेर निर्माण गरिने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्