Skip to content
Shikhar Insurance
National Life

एउटा पुनर्बीमा कम्पनीले लाइसेन्स पाउने, आवेदन खुल्यो, चार वटा लाइनमा

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । समिति सञ्चालक समितिको निर्णय अनुसार सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन आव्हान गरिएको हो । यस अघि समितिमा दर्ता भएर बसेका चार वटा प्रस्तावित पुनर्बीमा कम्पनीहरुको आवेदन स्वतः रद्ध भएको छ ।

आगामी २१ दिन भित्र १० अर्ब चुक्ता पुँजी र नेपाल पुनर्बीमा कम्पनीसँग क्रस होल्डिङ नहुने गरि आवेदन दिन समितिले भनेको छ । अर्थात नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका संस्थागत लगानीकर्ताहरुले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न पाउने छैनन् । नयाँ कम्पनीमा सरकारले समेत लगानी गर्ने छैन र त्यो पूर्णतः निजी क्षेत्रको लगानीमा स्थापना हुनेछ ।

पुनर्बिमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजीक्षेत्रको लगानीमा नेपालमा थप एक पुनर्बीमा कम्पनीका लागि आवेदन खुला गरेको समितिले बताएको छ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

नेपालमा हाल एउटा मात्र नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । सो कम्पनीलाई सरकारले नै २० प्रतिशत व्यवसाय आरक्षण गरिदिएको छ ।
समितिमा यस अघि अन्नपुर्ण रि, काठमाडौं रि, प्रुरुडेन्सियल रि र जेन्युइन रिले लाइसेन्सका लागि निवेदन दर्ता गरेका थिए । यी नै कम्पनीहरुलाई एउटा कम्पनीमा मर्जर भएर आउन समितिले सुझाव दिएको श्रोतले बतायो ।

समितिले पुनर्बीमा व्यवसाय र नयाँ कम्पनीको लाइसेन्सबारे अध्ययन गर्न कार्यदल नै गठन गरेको थियो । सोही कार्यदलको अध्ययन प्रतिवेदन अनुसार नयाँ कम्पनीलाई लाइसेन्स दिन लागिएको हो ।

समितिले फागुन १५ गते अध्ययन समिति गठन गरेको थियो । समितिका विज्ञ सल्लाहकार भोजराज शर्मा नेतृत्वको समितिमा बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र विज्ञ सदस्यका रुपमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य सदस्य थिए ।

श्रोतका अनुसार अर्थमन्त्री बिष्णु पौडेलले चाँडै नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने गरि प्रक्रिया अघि बढाउन समिति नेतृत्वलाई सन्देश पठाएका थिए । त्यसमा प्रधानमन्त्रीको समेत चासो थपिएपछि नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स पाउन लागेको हो ।

यस अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका मुखमा १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएका थिए । ओलीले पनि जाँदा जाँदै नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन लागेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE