Skip to content
Shikhar Insurance
National Life

‘ऊर्जामा वैदेशिक लगानी भित्र्याउन सरकारले कानुन सुधार गर्दैछ’ : उपप्रधानमन्त्री श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेकोले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानुनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।

श्रेष्ठले भने ‘आगामी वैशाखमा सरकारले लगानी सम्मेलन आयोजना गर्दैछ , ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानुनी तथा संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने छ’ । उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको समेत बताए ।

श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उनले बचेको बिजुली बेचेर व्यापारघाटा कम गर्न सरकार लागेको बताए ।

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उनले भने, ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन्’ ।

GBIME

प्रतिक्रिया दिनुहोस्