Skip to content
Shikhar Insurance
National Life

उपसभामुखले पदमा बस्न मिल्दैन, बरु बाहिर बसेर छानबिन गर्न सहयोग गर्नुपर्छ : काँग्रेस सांसद खतिवडा

Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले राजीनामा माग गरेका हुन् ।

उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भईरहेका बेला सांसद खतिवडाले सो घटना छानबिनका लागि माग समेत गरे । उनले सिंगो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफ्नो इज्जत बचाउँन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गरे ।

सांसद खतिवडाले भने, ‘संसदको उपसभामुखको नामबाट संसदबाट एउटा चिठी लेखिएको रहेछ । संसदसँग कुनै साईनो नभएका ५ जना मान्छे मानव तस्करले प्रयोग गरेर भीसाका लागि अमेरिकालाई पत्राचार गरेको पत्र प्राप्त भयो सभामुख महोदय । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? सभामुख महोदय । पहिलो कोइशन म यो गर्न चाहन्छु ।

प्रतिरक्षाको तुरुप देखाएर फेरि पनि भने जग हसाउनु भन्दा संसद भन्दा बाहिर बसेर यसलाई सहयोग गरेर छानबिन गर्न सहयोग गर्नुपर्छ । यो भीसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन । मैले सुने आफूसँग पत्र लेखिएका मानिसहरु उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सूजन घर्तीमगर, धनप्रसाद गुरुङ महिला अधिकारको कार्यक्रममा जाने भनेर भनिएकोे रहेछ । मैले एक जना बाहेक अरुलाई चिनेको छैन भनेर उपसभामुखले भनेको सुनियो । सभामुखलाई पनि र संसदलाई पनि अपमान हुने गरी मानव तस्करले प्रयोग गरेर भोली पैसा लिएर यो काम गरियो भने भोली संसदको इज्जत कहाँ रहने हो ?’

यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बद्नाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्