Skip to content
Shikhar Insurance
National Life

उधारो व्यापार नगर्न जीवन बीमा कम्पनीहरूलाई बीमा समितिको निर्देशन

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले उधारो बीमा नगर्न जीवन बीमा कम्पनीहरूलाई परिपत्र गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई परिपत्र गर्दै कानुनले बर्जित गरेको काम नगर्न चेतावनी दिएका हुन् ।

पौडेलले पत्रमा भनेका छन्, “बीमा ऐन २०४९ मा बीमा शूल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्न नमिल्ने उल्लेख छ र बीमकले जोखिम ग्रहण गरेवापत बीमा शूल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने यहाँहरूलाई जानकारी नै होला ।”

यो निर्देशनको बर्खिलाप काम गरे कानुन अनुसार कारबाही हुने जानकारी उनले गराएका छन् ।

बीमा समितिमा चेकबाट प्राप्त हुने रकम बैंकमा जम्मा नभइ बीमालेख जारी हुने गरेको उजुरी परिरहेको छ । यस्तो काम नगर्न तथा नगराउन समितिले सीईओहरूलाई पत्र लेखेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्