Skip to content
Shikhar Insurance
National Life

उद्यमी विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन ‘होप–२०२४’ लाई सम्बोधन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका प्रख्यात उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् । १५– १६ फेब्रुअरी, २०२४ मा भारतको गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको चौधरी ग्रुपले जनाएको छ । चौधरी ग्रुपले नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नती कल्चरल भिलेज लगायतका होटलमा लगानी गरेको छ । सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिदैछन् ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ बिषयमा कि नोट स्पिच दिनेछन् । हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच बर्षका लागि लिनुपर्ने रणनीति लगायतका विषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्नेछन् ।

सम्मेलनमा हिल्टनका भाईस प्रेसिडेण्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेण्ट राजिव मेनन, ¥याडिसन होटल ग्रुपका साउथ एसिया एडभाईजर के बी कछ्रू, अक्स एयरका को–फाउण्डर आकाश घोष, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरूला, एयर इन्डियाका सिईओ एण्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राईटर जावेद अख्तर लगायत विश्वब्यापी ख्यातीप्राप्त व्यक्तिहरू सहभागीता रहने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्