Skip to content
Shikhar Insurance
National Life

उत्कृष्ठ २०० अभिकर्ताहरुलाइ नेशनल लाईफको “गोसाईकुण्ड हेली टुर”

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डाैं बुढानिलकण्ठबाट २०७९ पौष ७ गते देखी ९ गते सम्म हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

भ्रमण पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भएका करिब २०० जना अभिकर्ताहरुलाई कम्पनीले गोसाईकुण्ड हेली टुर गराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्