Skip to content
Shikhar Insurance
National Life

उज्जवल थापाको परिवारले दुर्गा प्रसाईंको सहयोग नलिने, जुट्यो ५२ लाख रूपैयाँ सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । उज्जवल थापाका परिवारले दुर्गा प्रसाईंको सहयोग नलिने भएका छन् । बी एन्स सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले कोभिडको उपचार गराइरहेका थापालाई सहयोग गर्ने घोषणा गरेका थिए । परिवारले भने अन्य सहयोगले नै उपचार भइरहेकाले प्रसाईंको सहयोगको आवश्यकता नपर्ने बताएको छ ।

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

थापाको उपचारका लागि हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्